जिल्लास्तरी बार्षिक समीक्षा गोष्ठी सम्पन्न !

जिल्ला विकास समितिको कार्यालय मोरङको संयोजनमा विषयगत कार्यलयहरु,गाउ विकास समितिहरु र अन्य गैर सरकारी संघसंस्थाहरुबाट  गत आर्थिक बर्ष २०७२/७३ मा संचालित योजना तथा कार्यक्रमहरुको  जिल्ला स्तरीय बार्षिक समीक्षा गोष्ठी जिविस कार्यालयका निमित्त स्थानीय विकास अधिकारी रेवतीरमण पराजुलीको अध्यक्षतामा २०७३ साल कार्तिक २६ गतेका दिन जिविस हलमा सम्पन्न भएको छ । कार्यक्रममा जिल्लास्तरीय राजनैतिकदलका प्रमुख एवम् प्रतिनिधिहरु, पत्रकार, विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाका कार्यालय प्रमुख एवम् प्रतिनिधिहरु , लक्षीत क्षेत्रका प्रतिनिधिहरु, वडा नागरिकमञ्च, जिल्ला स्थित विभिन्न संचार माध्यमका प्रतिनिधिहरु,गाविस सचिब , जिविस कार्यालयका कर्मचारीहरु लगायत १०० जनाको सहभागिता रहेको थियो । समीक्षा कार्यक्रममा जिल्ला विकासले गत आर्थिक बर्षमा सम्पन्न गरेका विभिन्न कार्यहरु एवम् सेवा प्रवाह गरिएका सेवाको अवस्थाको विषयमा जिविस कार्यलयका योजना तथा प्रशासकिय अधिकृत डम्मरु बल्लभ बरालले संक्षिप्त रुपमा विवरण प्रस्तुति गर्नुभयो|

ar1 ar2

Skip to toolbar